एसिया प्रशान्त क्षेत्रमा रेडक्रस तथा रेडक्रिसेण्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघ IFRC बाट सञ्चालन भइरहेको स्वयमसेवक सर्वेक्षण कार्यक्रम अन्र्तगत मिति २०८१ वैशाख ८ गते नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको सभाहलमा लक्षित समुह छलफलका कार्यक्रम सम्पन्न भएको छ । यस छलफलमा सहभागी भएका स्वयमसेवकहरुले विगत देखि काम गर्दाका प्रेरणा, संलग्नता तथा सहभागिता सम्वन्धि आफ्ना अनुभवहरु प्रस्तुत गर्नुभएको थियो । सहभागिहरुले ब्यक्त गरिएका अनुभवहरु, सल्लाह तथा सुझावहरु नेपाल रेडक्रस सोसाइटीलाई आगामी दिनहरुमा प्रभावकारी रुपमा स्वयमसेवकहरुको सुरक्षा तथा परिचालन गर्नका लागि महत्वपूर्ण हुनेछन् । लक्षित समुह छलफलमा कास्की जिल्ला भित्रका कार्यक्रमका स्वंसेवक ४ जना रक्तदात समुहका ६ जना, यूवा रेडक्रस सर्कल स्वंसेवक ४ जना , जिल्ला कार्यसमितिका ४ जना, कर्मचारी ४ जना, गरी २२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय संगठन विभाग वाट रमा ढकालको समेत छलफमा अनलाईन मर्फत सहभागिता रहेको थियो । छलफलको सहजीकरण कास्की शाखाका नवराज भण्डारीले गर्नुभएको थियो भने सहयोग अवतार रोका मगरले गर्नु भएको थियो । २२ जना सहभागि भएको कार्यक्रममा कास्की शाखाका सभापति उर्मिला खड्रका भण्डारी, उपसभापति रमा न्यौपाने कोइराल, मन्त्री सन्तोष अधिकारी, सदस्य वविता सुवेदी। नवराज पौडेल लगाएत रक्तदाता स्वंसेवी सस्थाका ब्यक्तिहरु, यूवा रेडक्रस सर्कका अध्यक्षहरुको अर्थपूर्ण सहभागिता रहेको थियो ।
रेडक्रस अभियानमा रहका राम्रा पक्ष, चुनौती, र सुधार गर्नु पर्ने पक्षका वारेका सहभागिहरुले आफ्ना जिज्ञासा राखेका थिए । छलफलमा सोधिएका प्रश्नहरुका आधारमा अनुभव साटासाट भएको छलफल अत्यन्तै फलदायि भएको र स्वंसेवकका समस्या, अनुभव र सस्थालाई थप क्रियाशिल वनाउन स्वंसेवक मार्फत दिएका सुझावले सस्थालाई जीवन्त राख्न महत्वपूर्ण हुने भन्दै सहभागि सवैलाई धन्यावाद सहित छलफलको समापन कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीले राख्नु भएको थियो ।
स्वयमसेवक लक्षित समूह छलफल कार्यक्रम सम्पन्न
Download