सरोकारवाला निकायहरु बिच डेंगीरोग नियन्त्रण र विपद् ब्यवस्थापन समन्वय बैठक सम्पन्न

man-donating-blood

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेष्ट सोसाइटी र वृटिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहकार्यमा कास्की शाखाद्धारा सञ्चालित डेंगीरोग संक्रमण नियन्त्रण कार्यक्रम र विपद् ब्यवस्थापन समिति कास्कीको आयोजनामा २०८१ पौष ९ गते कास्की शाखामा डेंगीरोग नियन्त्रण र विपद् ब्यवस्थापन लगायत विषयमा भावी योजना निर्माण गर्ने उद्देश्यका साथ कास्की जिल्ला भित्र रहेका सरोकारवाला निकायहरु बिच समन्वय बैठक सम्पन्न भयो ।

बैठकमा हाल कास्की जिल्लामा वढिरहेका डेंगी रोग संक्रमण र यसले पारेका प्रभाव तथा आगामी दिनमा हुन सक्ने संक्रमणको जोखिम र नियन्त्रणका वारेमा समेत छलफल गरी योजना वनाउनुका साथै मौसमजन्य रोग तथा सम्भावित प्रकोपका वारेमा छलफल गर्ने उद्देश्यले वैठक आयोजना गरिएको थियो ।  

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति डण्डराज शर्माको सभापतित्वमा भएको कार्यक्रममा शाखाका उपसभापति एंव विपद् ब्यवस्थापन समितिका संयोजक उर्मिला खड्का भण्डारीले सहभागीहरुलाई स्वागत गर्दै बैठकको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो । डेंगीरोग तथा विपद् ब्यवस्थापन लगायतका विषयमा का.वा. मन्त्री रमा न्यौपाने कोइरालाले प्रस्तुत गर्नु भएको एजेण्डा माथि बैठकमा छलफल एंव समिक्षा गरियो । उक्त बैठक कास्की जिल्ला भित्र विपद् तथा स्वास्थ्यका क्षेत्रमा कार्यरत सरकारी, गैर सरकारी संघ संस्थाहरुको सहभागीतामा सम्पन्न भएको थियो । बैठकमा यस वर्ष कास्की शाखाबाट गरिएका विपद् प्रतिकार्यका गतिविधिहरु, उद्धार एंव राहत सहयोग र विपद् पुर्वःतयारीका सन्दर्भमा कार्यालय प्रमुख मोहनसिंह खड्काले जानकारी गराउनु भयो । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले चार महिनाको अवधिमा डेंगी रोग नियन्त्रण अभियानमा गरेका गतिविधिहरुका विषयमा फोकल पर्सन नवराज भण्डारीले प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि प्रेमप्रसाद रेग्मी, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु वहादुर के.सी, पोखरा महानगरपालिकाका वडा नंं ८, ५, ६, ९ र १५ का वडा सदस्यहरु, स्वास्थ्य कार्यालय कास्कीका प्रमुख कमल बहादुर नेपाली, याम बराल स्वास्थ्य कार्यालय, कोपिला नेपालका प्रतिनिधि तीर्थ बहादुर थापा, ईन्सेक कास्कीका सवनम शर्मा, सि.एस.जि का दिलिप गुरुङ, गैर सरकारी महासंघ कास्कीका सरोज बराल, बरिष्ठ पत्रकार श्याम कुवँर लगाएतका सहभागितामा सम्पन्न भएको थियो । यस शाखाले डेंगी रोग नियन्त्रणका लागि श्रावण २०८१ देखि हाल समुदायमा परिचालन भई अभिमुखिकरण, समुदायमा घरदैलो कार्यक्रम, विद्यालय अभिमुखिकरण कार्यक्रम लगायतका गतिवधिहरु संचालन गर्दै आएको थियो । 


You can download or view the whole press release from the link below

सरोकारवाला निकायहरु बिच डेंगीरोग नियन्त्रण र विपद् ब्यवस्थापन समन्वय बैठक सम्पन्न

Download

Related News

logo

रक्तसेवा प्रवाह व्यवस्थापनमा TQM गुणस्तरीयता सम्बन्धी दुई दिने तालिम सम्पन्न

Read More

logo

सचेतनामूलक कार्यक्रममा समुदायको सहभागिता ।

मिति २०८२ मङ्सिर १ गते सोमबारका दिन पोखरा महानगरपालिका वडा नम्बर ३२ अवस्थित खोदीखोला एक नम्बर धुर्मुस चोकमा  नेपाल  रेडक्रस सोसाइटी कास्की  शाखाको आह्वानमा नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखाको व्यवस्थापनमा डेङ्गु रोग र सङ्क्रमण सम्बन्धी सचेतनात्मक तथा खोज र नष्ट गर कार्यक्रम सम्...

Read More