सरोकार वाला निकाय बीच समन्यय वैठक सम्पन

man-donating-blood


पोखरा, ७ जेठ 

नेपाल रेडक्रस सोसाइटी कास्कीले चालु आर्थिक वर्षमा मुख्य प्रकोप तथा विपद्का घटनामा १ सय २४ प्रभावितलाई राहत प्रदान गरेको छ । ति मध्ये सवभन्दा बढी यो वर्ष बाढी तथा पहिरोबाट प्रभावित ९० परिवारलाई राहत प्रदान गरेको रेडक्रस कास्कीका कोषाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक मोहनसिंह खड्काले जानकारी दिनुभयो । 

रेडक्रस कास्कीको आयोजना गरेको विपद् व्यवस्थापनको पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी कार्यक्रममा कोषाध्यक्ष खड्काले चालु आर्थिक वर्षमा आगोलागी प्रभावित ६, चट्याङ ४, हावाहुरी १२, आन्दोलन प्रभावित १२ परिवारलाई राहात प्रदान गरेको बताउनुभयो । ‘विपद्को अवस्थामा रेडक्रस कास्कीमा तत्काल १ सय प्रभावितलाई सहयोग गर्ने संस्थागत क्षमता छ,’ उहाँले भन्नुभयो, ‘अस्थायी आवासतर्फ १ सय परिवारलाई राख्न सक्ने टेन्टको क्षमता रहेको छ ।’ उहाँले कास्कीका ४८ उपशाखा मध्ये १२ उपशाखाले १० तथा १६ उपशाखाले ५ परिवारलाई राहत वितरण गर्ने क्षमता राख्ने जनाउनुभयो । 

उहाँका अनुसार रेडक्रस कास्कीले हरेक वर्ष विपद् प्रभावितलाई तत्काल राहत सहयोग गर्छ । विपद् व्यवस्थापनका लागि पूर्व तयारी, न्यूनीकरण, विपद् प्रतिकार्य र उद्दार तथा राहात सेवा कायलाई रेडक्रसले अगाडी बढाएको हो  । रेडक्रस कास्कीले प्राकृतिक प्रकोप, दुर्घटना र विपतबाट प्रभावितहरुको राहात तथा उद्दारको लागि ३० लाख रुपैयाँको विपत राहत कोष खडा गरेको उहाँले उल्लेख गर्नुभयो ।  उहाँले प्राथमिक उपचार तालिम प्राप्त जनशक्ति सहित ८ सय स्वंय सेवक तयारी अवस्थामा राखेको बताउनुभयो । 

कास्कीको मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले वडा स्तरमा विपद् व्यवस्थापन समिति गठन गरेर मनसुनजन्य विपद्को प्रतिकार्यको काम अगाडि बढाएको जानकारी दिनुभयो । उहाँले विपद् व्यवस्थापनको लागि बजेटको श्रोत सुनिश्चित गरेको बताउनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले वस्तुगत आधारमा विपद् व्यवस्थापनको लागि कार्ययोजना निर्माण गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले जिल्ला विपद् व्यवस्थापन समितिले विपद् व्यवस्थापनको क्षेत्रलाई १० क्लष्टरमा विभाजन गरेर काम गर्ने जानकारी दिनुभयो । १० क्लष्टर मध्ये रेडक्रसले अस्थायी आवास तथा गैर खाद्य सामाग्री व्यवस्थापनको क्षेत्रमा काम गर्ने उल्लेख गर्दै उहाँले एकद्धार प्रणालीबाट राहत वितरणको काम अगाडि बढाएको बताउनुभयो । रेडक्रस कास्कीका निवर्तमान सभापति डण्डराज शर्माले सामाजिक संघ संस्थाको सहकार्यमा प्रभावितलाई उद्दार तथा राहत सेवा कार्य गरेको जानकारी दिनुभयो । उहाँले विपद्मा काम गर्ने संघ संस्थासँगको सहकार्यमा विपद् व्यवस्थापनको काम गरेको बताउनुभयो । 

रेडक्रस कास्कीका मन्त्री सन्तोष अधिकारीले मनसुन जन्य विपद्को पूर्व तयारी र प्रतिकार्य योजना निर्माण गर्न, विपद् व्यवस्थापनका लागि समन्वय र सहकार्य गर्न र संस्थागत क्षमता विश्लेषण गर्न कार्यक्रम गरेको जाकारी दिनुभयो । 

विपत व्यवस्थापन चक्रका सबै चरण, विपद् पूर्व तयारी, प्रभावितहरुलाई सहयोग तथा मानवीय सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उहाँले विपद् जोखिम न्युनिकरण सचेतना अभिवृद्धि, विपद्को पूर्व तयारी, योजना निर्माण र कार्यान्वयनमा रेडक्रसले ध्यान दिएको बताउनुभयो । 

कार्यक्रममा रेडक्रस कास्कीका उपसभापति रमा कोइराला न्यौपाने, गैर सरकार संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदमराज पहारी, इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका कोषाध्यक्ष राजेन्द्र ओझा,  पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, पोखरा महानगरपालिका विपद् व्यवस्थापन शाखाका प्रमुख किरण चौधरी लगायतले विपद् व्यवस्थापनको लागि दक्ष जनशक्ति,यन्त्र उपकरण तथा श्रोत र साधनको अभाव रहेको बताउनुभयो ।  


You can download or view the whole press release from the link below

सरोकार वाला निकाय बीच समन्यय वैठक सम्पन

Download

Related News

logo

नेपाल रेडक्रस सोसाइटी कास्की ४० औं वार्षिक साधारण सभा

मुख्य उपलब्धिहरू प्रकोप व्यवस्थापन: प्राकृतिक प्रकोपहरूको राहत प्रयास र तयारी तालिम मार्फत प्रतिक्रिया क्षमता सुधार। स्वास्थ्य कार्यक्रमहरू: रक्तदान कार्यक्रम, खोप अभियान, र बाह्य स्वास्थ्य सेवाहरूको सफल सञ्चालन। सामुदायिक विकास: सामाजिक रूपमा पिछडिएका समुदायमा जीविकोपार्जनका अवसरहरू र सामाजिक एक...

Read More
logo

एक घर एक धारा कास्की रेडक्रसको साहारा

पर्वत जिल्लाको तिलाहारमा दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने उद्देश्यसहित युनिका फाउन्डेसन दि नेदरल्यान्ड र मोदी गाउँपालिका पर्वतको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कास्कीको पहलमा सञ्चालन गरिएको खानेपानी आयोजना सम्पन्न भएको छ। ‘एक घर, एक धारा’ अभियानअन्तर्गत करिब ९ करोड ३६ लाख रुपैयाँको लागतमा १८ म...

Read More