समाचार शीर्षक: पोखरा १५ उपशाखा मा रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न:

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाको आयोजनामा एक दिवसीय रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम उपशाखा सभापति शिवबहादुर भण्डारीको अध्यक्षतामा र पोखरा महानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष तोरणबहादुर बानियाको प्रमुख आतिथ्यतामा सञ्चालन भयो ।


कार्यक्रमको स्वागत मन्तव्य उपसचिव शर्मिला पौडेलले प्रस्तुत गर्दै प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहभागीहरूलाई स्वागत गर्नुभयो। रेडक्रसका सात सिद्धान्तको जानकारी सदस्य सावित्रा पौडेलले गराउनुभयो।


कार्यक्रममा वडा नं. १५ अन्तर्गतका १२ सर्कलका ४२ जना जुनियर रेडक्रस विद्यार्थीहरू र शिक्षक नायकहरूको उल्लेखनीय सहभागिता थियो। कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीले रेडक्रस अभियानमा युवाहरूको महत्त्वपूर्ण भूमिकाबारे चर्चा गर्दै विद्यार्थीहरूलाई आफ्ना विद्यालयमा यस्ता अभियान सञ्चालन गर्न आह्वान गर्नुभयो।


वडाध्यक्ष बानियाले रेडक्रस सिद्धान्तप्रति कृतज्ञता व्यक्त गर्दै समुदायमा आपत्कालीन सेवा प्रवाहमा रेडक्रसको योगदान सराहनीय रहेको बताए। आगामी दिनहरूमा प्राथमिक उपचार तालिम सञ्चालनमा वडा र रेडक्रसबीच सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रममा कास्की शाखाका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गरिएको थियो। रेडक्रस अभियान र जुनियर सर्कल गठन विधिबारे प्रशिक्षक नवराज भण्डारीले सहजीकरण गर्नुभएको थियो।


कार्यक्रमको सञ्चालन उपशाखा सचिव पार्वती कार्कीले गर्नुभएको थियो।

#मानवताकाेपक्षमा

You can download or view the whole press release from the link below

समाचार शीर्षक: पोखरा १५ उपशाखा मा रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न:

Download

Related News

logo

पोखरा महानगरपालिका वडा नम्बर १५ तथा नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाको आयोजनामा आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न

पोखरा महानगरपालिका वडा नम्बर १५ तथा नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाको आयोजनामा आधारभूत प्राथमिक उपचार तालिम सम्पन्न भएको छ।  २०८२ साल जेष्ठ २१, २२, २३ र २४ गते चार दिने तालिम पोखरा १५ मा अवस्थित सिद्ध पब्लिक क्याम्पसको सभा हलमा तालिम सञ्चालन गरिएको थियो। पोखरा महानगरपालिका वडा नम्बर...

Read More
logo

संगठन सुदृढीकरण तथा रेडक्रस अभिमुखीकरण सम्पन्न

मिति २०८२ कार्तिक २९ गते नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आयोजना र नेपाल रेडक्रस  सोसाइटी पोखरा १२ उपशाखाको व्यवस्थापनमा पोखरा १२ उपशाखाको भवनमा संगठन सुदृढीकरण तथा रेडक्रस अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।नेपाल रेडक्रस  सोसाइटी पोखरा १२ उपशाखाका सभापति इन्दिरा पन्तको सभापतित्व तथा न...

Read More