सचेतना कार्यक्रम सम्पन्न

man-donating-blood

डेङ्गु सचेतना सम्बन्धी तीन महिना अभियान सम्पन्न ।

ब्रिटिस रेडक्रस तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्वारा तिन महिना डेङ्गी रोग सचेतना अभियान सघन रुपमा कास्की जिल्लाभरि सञ्चालन गरियो। यस कार्यक्रम अवधिमा  २८  सामुदायिक विद्यालय १ संस्थागत विद्यालय, ३१ ठाउँमा युवा क्लब आमा समूह टोल विकास संस्था रेडक्रसका उपशाखा सहित सामुदायिक सचेतना कार्यक्रमहरू, २६ ठाउँमा खोज र नष्ट गर अभियान, १ जिल्लाभरिका सरोकारवाला निकायहरूसँग समन्वय बैठक, रेडियो तथा टेलिभिजन मार्फत सूचना प्रसारण, फेसबुक टिकटकबाट समेत सूचना प्रसारण, कास्की जिल्लाभरि माइकिङ मार्फत सूचना प्रसारण, समुदायमा स्वयंसेवक परिचालनसँगै ब्रोसर वितरण लगायतका गतिविधिसहित कार्यक्रम सञ्चालन गरिएको थियो। यस कार्यक्रमबाट प्रत्यक्ष रूपमा ९४०३ तथा अप्रत्यक्ष रूपमा ६० हजार भन्दा धेरै व्यक्तिहरूले सूचना प्राप्त गरेका छन् । 

गत वर्ष डेङ्गु संक्रमणका कारण कास्की जिल्लामा मात्रै ६ जनाको मृत्यु भएको थियो भने १२ हजारभन्दा बढी संक्रमित भएका थिए। यस्तो अवस्था यस वर्ष पनि हुनसक्ने भन्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले बर्खा सँगै यो गतिविधि सञ्चालन गरेको थियो। अझै विशेषगरी गा वर्ष संक्रमण फैलिईका महिनाहरूलाई मध्यनजर गर्दै भदौ असोज र कार्तिकमा सघन रुपमा यो कार्यक्रम सञ्चालन गरिएको हो। यस वर्ष संक्रमणको दर धेरै न्यून भएको पाइएको छ। समुदायमा समेत मानिसहरू सचेत भएका प्रायहरूको घरमा पानी छोपेर राख्ने सुरु गरिएको । सरसफाईमा ध्यान दिएको पाइएको छ। अस्पतालमा समेत यसवर्ष डेङ्गुको संक्रमणका बिरामीहरू कम भएको पइयो। 

डेङ्गुबाट सङ्क्रमणबाट बच्नु भनेको व्यक्तिगत, सामुदायिक तथा संस्थागत रूपमा सरसफाई नै हो। खोज र नष्ट अभियान नै निरन्तरता दिनु नै यस अभियानको मुख्य उपलब्धि हो।

यस वर्ष समुदायका स्वास्थ्य स्वयंसेविकाको चासो, पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा तथा स्वास्थ्य कार्यालय कास्कीको मुख्य भूमिका रहेकै कारण सङ्क्रमणमा दर कम भएको पाइन्छ।

रेडक्रसद्वारा सञ्चालित  कार्यक्रम सम्पन्न गर्न नेपाल रेडक्रस  सोसाइटी केन्द्रीय कार्यालयका वरिष्ठ अधिकृत वालकृष्ण सेडाई , डेङ्गु कार्यक्रमका स्वयंसेवक जसले दशैं र तिहारमा समेत यसमै समय खर्च गरी समुदायमा सचेतना दिलाउँदै  महत्त्वपूर्ण भूमिका खेल्नुभएका आदरणीय साथीहरू  सुनिता पौडेल, हेमाया तामाङ, रुपा केसी र मनिला कुँवर प्रति उच्च सम्मान साथै यो अभियानमा पत्रपत्रिका मार्फत समुदायमा सूचना प्रकाशन गरिदिनुहुने समाधान राष्ट्रिय दैनिक वरिष्ठ पत्रकार श्याम कुँवर र आदर्श समाज राष्ट्रिय दैनिकका श्रीभद्र पौडेलज्यू र सिटीवान टेलिभिजनलाई धेरै धेरै धन्यवाद । दुईवटा रेडियो, रेडियो नेपाल प्रादेशिक कार्यालय र एभरेस्ट एफएम मार्फत जिङ्गल बजाई सूचना प्रसारण गरिदिनुभएकोमा उहाँहरूलाई समेत हार्दिक आभार ।

समुदायमा रेडक्रस उपशाखा, स्वास्थ्य स्वयंसेविका, विद्यालयका प्रह तथा शिक्षक नायकहरू मार्फत डेङ्गु सचेतना गतिविधि सञ्चालन गर्न  वातावरण मिलाइदिनुभएकोमा धेरै धेरै आभार । जुनियर रेडक्रस सर्कलका विद्यार्थी भाइबहिनीहरू खोज र नष्ट गर अभियानमा सहयोग गर्नुभएकोमा उहाँहरूप्रति हृदयदेखि सम्मान । साथै समुदायका आमा समूह टोल विकास संस्थाहरू युवा क्लबप्रति कृतज्ञता नेपाल रेडक्रस  सोसाइटी  कास्कीका सभापति उर्मिला खड्का भण्डारीले धन्यावाद व्यक्त गर्नुभयाे ।

नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका सम्पूर्ण कार्यसमिति तथा कर्मचारीहरूप्रति अभियान सफल पार्न अनुगमन साथै सल्लाह र सुझाव प्रदान गरी कार्यक्रमलाई हौसला बढाई खोज र नष्ट अभियानमा सहभागी हुनुहुने सबै आदरणीय सर म्याडमहरूलाई कार्यक्रमका फोकल पर्सन नवराज भण्डारीले धेरै धेरै धन्यवाद व्यक्त गर्नुभएको छ।  

समुदायमा डेङ्गीका बिरामी अझै पनि रहेकोले यो अभियान केही समय निरन्तर रुपमा अगाडि बढाउनुपर्ने अवस्था रहेको समेत सवैमा जानकारी गराउनु भयाे ।

धन्यवाद ।

You can download or view the whole press release from the link below

सचेतना कार्यक्रम सम्पन्न

Download

Related News

logo

रेडक्रस कास्कीमा १२ हजार स्वयं सेवक

पोखरा, १३ असार  

Read More
logo

सिकाई आदानप्रदान सहित भ्रमण सम्पन्न

च‌ैत्र  १६- २२ सम्म नेपाल रेडक्रस साेसाइटी कास्की शाखाद्वारा सिकाई आदानप्रदान सहित अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ।  एक जिल्ला शाखाका असल अभ्यासहरू आदानप्रदान गर्नु नै यस भ्रमणको मुख्य उद्देश्य रहेको थियो। भ्रमणको क्रममा कञ्चनपुर, धनगढी जिल्ला, बर्दिया र बाँके जिल्ला शाखामा भएका गतिविधिहरूको प...

Read More