प्राथमिक उपचार तालिम सम्पन्न

man-donating-blood

मिति २०८२ साल  मंसिर १७ गतेदेखि २० गतेसम्म नेपाल रेडक्रस सोसाइटी लैङ्गिक तथा सामाजिक समावेशीकरण समिति कास्कीकाे आयोजना तथा नेपाल रेडक्रस सोसाइटी पोखरा २७ उपशाखाको व्यवस्थापनमा आधारभूत प्राथमिक उपचार प्रशिक्षण सम्पन्न भएको छ। कास्की जिल्ला  भित्रका २४ वटा उपशाखालाई लक्षित गरी सञ्चालन भएको तालिममा २१ जनाको सहभागितामा तालिम सञ्चालन भएको थियाे ।

एक घर एक प्राथमिक उपचारक भन्ने नारा सहित कास्की जिल्लामा विभिन्न गतिविधिहरू मध्ये प्राथमिक उपचार तालिमलाई उच्च प्राथमिकताका साथ उपशाखा, विद्यालय, तथा समुदाय स्तरमा समेत प्राथमिक उपचारको तालिम सञ्चालन गरिँदै आएको छ। दुर्घटनामा तत्काल  प्राथमिक उपचार सेवा प्रदान गरि नजिकको अस्पतालमा पुर्‍याउन सकेमा जोखिम कम हुनेछ ।

नेपाल रेडक्रस सोसाइटी प्राथमिक उपचार तालिम निर्देशिका २०७४ अनुसार प्राथमिक उपचारको महत्व, अर्थ, सिपिआर , रक्तश्राप , हाडभचाई, मेरुदण्डको चोट, सर्प तथा जनावरको टोकाई, वातावरणीय समस्या लेक तथा लु लाग्नु , ज्वरो झाडापखाला, विभिन्न प्रकारका ओसारपसारका लगाएतका विषयमा सहभागीहरूलाई प्रशिक्षण गराइएको थियो। 

सैद्धान्तिक र प्रयोगात्मक अभ्यास सहित सञ्चालन गरिएकाे यस तालिमले विशेषगरी समुदायमा आकस्मिक रूपमा घट्न सक्ने दुर्घटनामा तालिम प्राप्त स्वयंसेवकहरूले समुदायमा परिचालित भई घाइतेहरूलाई तत्काल  प्राथमिक उपचार गरी अस्पतालसम्म पुर्‍याउन सक्ने सीप  सहभागीहरूले प्राप्त गरेकाे कुरा  तालिम संयोजक मोहन सिंह खड्काले तालिमको समापनका क्रममा व्यक्त गर्नुभएको थियो।  

तालिमको पहिलो दिनको उद्घाटन सत्र नेपाल रेडक्रस सोसाइटी पोखरा २७ उपशाखाका सभापति बोधराज लामिछानेको सभापतित्वमा तथा नेपाल रेडक्रस  सोसाइटी कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन गरिएको थियो। उद्घाटन सत्रमा  उपशाखाका सभापति बोधराज लामिछानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो, कास्की शाखा लैङ्गिक तथा सामाजिक समावेशीकरण समितिका संयोजक एवं  उपसभापति रमा न्यौपाने कोइराला , पोखरा २७ का वडा सदस्य सूर्यबहादुर ओली, उपसभापति रक्षा भट्टराई लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए।  नेरेसो कास्की शाखाका सभापति उर्मिला खड्का भण्डारीले पानसमा दीप प्रज्वलित गरी उद्घाटन गरिएको कार्यक्रममा प्राथमिक उपचारको महत्व यसबाट समुदायलाई पर्न सक्ने प्रभावका विषयमा आफ्ना भनाइ राख्नुभएको थियो। 

समापन समारोहमा उपशाखाका सभापति बोधराज लामिछानेको सभापतित्व तथा पोखरा महानगरपालिका वडा नम्बर २७ का वडा अध्यक्ष पूर्ण गुरुङको प्रमुख आतिथ्यता तथा कास्की शाखाका  सभापति उर्मिला खड्का भण्डारी , उपसभापति रमा न्यौपाने कोइराला, कोषाध्यक्ष एवं तालिम संयोजक मोहन सिंह खड्का, शाखाका सदस्य सूर्यप्रसाद तिमिल्सिना पालुवा लगायतका अतिथिहरूको सहभागितामा सम्पन्न गरिएको थियो। 

सम्पूर्ण सहभागीको तर्फबाट आफ्नो मन्तव्य व्यक्त गर्दै  खिममाया देवकोटा र सूर्यनाथ न्यौपानेले आफूहरूले चार दिनसम्म प्राप्त गरेको तालिम केवल तालिममा मात्र सीमित नराखी आवश्यकताको आधारमा परिचालित भई समुदायमा मानवीय पीडा कम गर्न स्वयंसेवको रूपमा परिचालित भई सहयोग गर्ने कुरा व्यक्त गरेका थिए। 

चार दिवसीय रूपमा सञ्चालित तालिममा तालिम संयोजक माेहन सिंह खड्का , प्रशिक्षकहरू सूर्यप्रसाद तिमिल्सिना  पालुवा, राजेश कुमार घिमिरे ,नवराज भण्डारी र लीला देवकोटाले सहजीकरण गर्नुभएको थियो। 

समापन समारोहमा सहभागीलाई सफलताकाे प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको सञ्चालन उपशाखा सचिव प्रभा पाैडेलले गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

प्राथमिक उपचार तालिम सम्पन्न

Download

Related News

logo

गण्डकी स्तरीय चौँठो जुनियर तथा युवा रेडक्रस गोष्ठी पोखरामा सम्पन्न


नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको आयोजना, कास्की शाखाको व्यवस्थापन तथा जुनियर रेडक्रस सर्कल रतन पाण्डे मा.वि.को आतिथ्यतामा गण्डकी स्तरीय चौँठो जुनियर तथा युवा रेडक्रस गोष्ठी Read More

logo

निर्वाचन लक्षित स्वयंसेवक अभिमुखीकरण

निर्वाचन लक्षित गर्दै स्वयंसेवक अभिमुखिकरण ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले २०८२ साल फागुन २१ गते सम्पन्न हुने आम निर्वाचन २०८२ लाई लक्षित गर्दै आकस्मिक प्राथमिक उपचार सेवा प्रदान गर्न स्वयंसेवकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेकाेछ । निर्वाचनको दिन हुनसक्ने सम्भावित आकस्मिक समस्य...

Read More