पोखरा १५ मा विपद ब्यवस्थापन सम्वन्धी प्रशिक्षण सम्पन्न

man-donating-blood

नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाको आयोजनामा मिति २०८२ असार १० गते विपद ब्यवस्थापन सम्वन्धी प्रशिक्षण सम्पन्न भएको छ । शिद्ध पब्लिक क्याम्पसको सभाहलमा संचालित प्रशिक्षण नेरेसो पोखरा १५ उपशाखाका सभापति शिववहादुर भण्डारीको सभापत्वि तथा पोखरा महानगरपालिका वडा नंं १५ का वडा अध्यक्ष तोरण वाँनियाको प्रमुख आतिथ्यतामा तथा नेरेसो कास्की शाखाका कोषाध्यक्ष एवं विपद ब्यवस्थापन समितिका संयोजक मोहन सिंह खड्काको विषेश आतिथ्यतामा संचालन भएको थियो । कार्यक्रममा सात शिद्धान्त वाचन उपशाखा सदस्य सावित्री पौडेलले वाचन गर्नु भएको थियो । हेनेरी डिउनाको फोटोमा माल्यापण सहित प्रशिक्षणको उद्घाटन प्रमुख अतिथि तोरण वहादुर वानियाले गर्नुभएको थियो । मनसुन संगै भित्रीएको वाढी, पहिरोको जोखिमलाई मध्यनजर गर्दै सम्भावित दुरघटनामा कसरी प्रतिकार्य गर्ने भन्ने विषयलाई प्राथामिकिकरण गरी प्रशिक्षक संचालन गरिएको थियो । वडा नंं १५ भित्र सेती नदि, खहरे खोला, नालिको पानी अब्यवस्थित तरिकाले वग्दा आसपासका वस्ती, अमिनतार वस्ती लगाएत अब्यवस्थित वस्तीमा वाढी संगै पहिरोको उच्च जोखिम रहेको पाइयो । वडामा वाढि, पहिरो सडक दुर्घटना, आगलागी, जस्ता मुख्य प्रकोप रहेको यसमा ब्यक्तिगत, परिवारीक, समुदायिक पूर्वतयारी अपनाउन सकेमा विपदका घटना कम हुने कुरा वडा अध्यक्षले प्रमुख अतिथिको मन्तब्यमा ब्यक्ति गनुभएको थियो साथै विपदका घटनामा राज्यका संयन्त्र संगै समुदायका संघ सस्था समेत क्रियाशिल भई सहयोग गर्न अनुरोध गर्नुभएको थियो ।

टोल विकास समितका अध्यक्ष, युवा क्लवका अध्यक्ष तथा प्रतिनिधि, रेडक्रस उपशाखा कार्यसमितिका सदस्यहरु, प्राथमिक उपचार तालिम लिएका स्वंसेवकहरु गरी ४८ जनाको सहभागितामा संचालित प्रशिक्षणमा विपदका प्रकार, शब्दावली, नेपाल घटीरहने विपद, विपद चक्रका विषयमा छलफल गरिएको थियो । प्रशिक्षण कास्की शाखाका कोषध्यक्ष मोहन सिंह खड्का, प्रशिक्षक नवराज भण्डारीले सहजिकरण गर्नु भएको थियो । प्रशिक्षणको समापन समारोहमा सहभागिको तर्फवाट लिला भण्डारी, वेलवहादुर वि.क र सूर्य गुरुङले प्रशिक्षणवाट विपदमा प्रतिकार्य गर्न अत्मवल वढेको र विपद सम्वन्धी यस प्रकारको ज्ञानले समुदायमा परिचान गरी परेको वखतमा सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा प्राथमिक उपचार तालिम प्राप्त २३ जना सहभागिहरुलाई प्राथमिक उपचार किट वक्स वितरण समेत गरिएको थियो ।  

कार्यक्रम संचालन नेरेसो कास्की शाखाका सदस्य एवं उपशाखा १५ सचिव पावर्ती कार्कीले संचालन गर्नु भएको थियो ।

You can download or view the whole press release from the link below

पोखरा १५ मा विपद ब्यवस्थापन सम्वन्धी प्रशिक्षण सम्पन्न

Download

Related News

logo

कास्की रेडक्रसमा GAP र IFRC प्रतिनिधिको विशेष भ्रमण

२०८२ साउन ३१,पोखरा, नेपाल रेडक्रस सोसाइटी कास्की – प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र मा GAP मूल्याङ्कन टोली र अन्तर्राष्ट्रिय रेडक्रस महासंघ (IFRC) का प्रतिनिधिहरूको विशेष सहभागितामा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाक...

Read More
logo

पोखरा–१९ मा विपद् व्यवस्थापन तालिम सम्पन्न, बाढी–पहिरो प्रतिकार्यमा जोड

Read More