३० औ संरक्षण गोष्ठी सम्पन्न

man-donating-blood

चैत्र १६ गते नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की  जुनियर युवा समितिको आयोजनामा  कास्की जिल्लास्तरीय ३० आौ प्रधानाध्यापक एबम संरक्षक गोस्ठी शिक्षाबिद  जर्जजोन ज्युको प्रमुख आतिथ्यतामामा  सम्पन्न भएको छ  । साथै आगामी शैक्षिकसत्र २०८३ का लागि प्रस्ताबित कार्यक्रमहरु समेत पारित गरिएका छन ।नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्की जुनियर युवा समितिको आयोजनामा कास्की जिल्लास्तरीय ३० आौ प्रधानाध्यापक तथा संरक्षक गोस्फठी सोमबार पोखरामा सम्पन्न भएको छ।

उक्त गोस्ठिले गतबषँ जेठमा छोरेपाटन माध्यमिक बिधालयमा कार्यसम्पन्न गनेँ  गरि बिभाजन गरिएका वार्षिक कार्यक्रमको समीक्षा तथा आगामी शैक्षिक सत्र २०८३ का लागि  जुनियर युवा समितिबाट  प्रस्ताब गरि  पारित गरिएका  कार्यक्रमको अनुमोदन समेत गरेको   शाखाका उपमन्त्री समेत रहेका जुनियर युबा समितिका संयोजक डिल्लीराम बरालले जानकारी दिए।

उक्त गोस्ठीको समुद्घाटन बरिस्ठ शिक्षाबिद जजँजोनले गर्नु पानसमा दिप प्रज्वलन गरि गर्नु भएको थियो ।उक्त गोस्ठी समुद्घाटन मन्तब्य राख्दै उहाँले सामाजिक तथा मानबीय सेबामा लाग्न अभिप्रेरित गनेँ महत्त्वपूर्ण कार्यक्रममा बिधालयका प्रधानाध्यापकहरुको महत्त्वपूर्ण र उल्लेखनीय भुमिका रहने बताउँदै त्यसका लागि यस्ता कार्यक्रमले बिशेय र महत्त्वपूर्ण भुमिका निर्वाह गनेँ कुरामा जोडदिनु भयो ।

उक्त कार्यक्रमका विशेष अतिथिको मन्तब्य राख्दै नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकाल शिक्षा बिकास तथा समन्वय ईकाई कास्कीका प्रमुख लोकनाथ आचार्य निबर्तमान सभापति डण्डराज शर्मा    नेपाल शिक्षक महासंघ कास्कीका सचिब हर्क बहादुर,लामिछाने ,प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीशितलादेबी माध्यमिक बिधालयका प्रधानाध्यापक बाबुराम अधिकारी लगायतका ब्यक्ताले  रेडक्रस अभियानमा   जुनियर तथा युवाहरुको गतिविधिले सकरात्मक सोचको बिकास नेतृत्व सीप बिकास सामाजिक तथा मानवीय सेवामा लाग्नको लागि स्वयंसेवक उत्पादनमा जोडदिने कुरामा आ आफ्नो धारणा ब्यक्त गरे ।

उक्त कार्यक्रमबाट तालिम गोस्ठी प्रशिक्षण र प्रतियोगितामुल गरि १४ वटा प्रस्ताबित कार्यक्रमहरु पारित गरिएको छ।

साथै जुनियर रेडक्रस सर्कलले गर्ने गतिविधिहरु दर्ता प्रकिया आबद्दता नीति योजना तथा कार्यक्रमहरुको बारेमा सहजीकरण जिल्ला शाखाका उपमन्त्री डिल्लीराम बराल ,स्वागत मन्तब्य संचार तथा मानवीय मूल्य प्रबर्द्धन समितिका संयोजक सुबास अधिकारी , प्रस्ताबित कार्यक्रमहरुको बाडफाड सम्बन्धि सहजीकरण जुनियर युबा समितिका सह संयोजक श्रीकान्त पौडेल,संचालन मन्त्री सन्तोष अधिकारी तथा सभापतित्व जिल्ला शाखाका सभापति उर्मिला खड्का भण्डारीले गर्नु भएको गोस्ठीमा ११५ बिधालयका प्रधानाध्यापकहरुको सहभागीता रहेको बताईएको छ।

साथै उक्त गोस्ठीले ४२ आौ कास्की जिल्लारस्तीय जुनियर तथा युबा गोस्ठी एबम ३१ आौ शिक्षक नायक गोस्ठी आगामी जेस्ठ महिनाभित्रै  पोखरा १२स्थित सितलादेबी माध्यमिक बिधालयमा सम्पन्न गर्ने र सो कार्यक्रम सफल बनाउनको सम्पूर्ण जुनियर रेडक्रस सर्कलका संरक्षक एबम प्रधानाध्यापकबाट ऐक्यबद्धता जाहेर समेत गरिएको बताईएको छ।

You can download or view the whole press release from the link below

३० औ संरक्षण गोष्ठी सम्पन्न

Download

Related News

logo

विपद् व्यवस्थापन तालिम सम्पन्न: पोखरा–१ मा समुदायस्तरीय तयारीमा जोड

पोखरा महानगरपालिका वडा नम्बर १ को सहयोग तथा नेपाल रेडक्रस सोसाइटी पोखरा १ उपशाखाको आयोजनामा र सामुदायिक सेवा केन्द्र बगरको सहकार्यमा दुई दिवसीय विपद व्यवस्थापन प्रशिक्षण सम्पन्न भएको छ। प्रशिक्षणमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका सभापति उर्मिला  खड्का भण्डारीको प्रमुख आतित्थ्यतामा सञ्चालन...

Read More
logo

सरोकारवाला निकायहरु बिच डेंगीरोग नियन्त्रण र विपद् ब्यवस्थापन समन्वय बैठक सम्पन्न

अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेष्ट सोसाइटी र वृटिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहकार्यमा कास्की शाखाद्धारा सञ्चालित डेंगीरोग संक्रमण नियन्त्रण कार्यक्रम र विपद् ब्यवस्थापन समिति कास्कीको आयोजनामा २०८१ पौष ९ गते कास्की शाखामा डेंगीरोग नियन्त्रण र विपद् ब्यवस्थाप...

Read More