जुनियर रेडक्रस सर्कल अभियानसँगै धम्पुसमा विद्यालय पोषाक वितरण सम्पन्न

man-donating-blood

मिति २०८२ साल जेष्ठ ४ गते ।

नेपाल रेडक्रस सोसाइटी पोखरा २ र ३ उपशाखाद्वारा माछापुछ्रे गाउँपालिका वडा नम्बर ५ धम्पुसमा एक दिवसीय रेडक्रस अभिमुखीकरण कार्यक्रम तथा पोषाक वितरण सम्पन्न भएको छ। नेपाल रेडक्रस  सोसाइटी पोखरा २र ३ उपशाखाका सभापति बिन्दु शर्माको सभापतित्वमा सञ्चालित कार्यक्रम नेपाल रेडक्रस सोसाइटी कास्की  जिल्ला शाखाका सभापति उर्मिला  खड्का भण्डारीको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको थियो । उद्घाटन सत्रमा पृथ्वीनारायण मावि धम्पुसका संरक्षक तथा प्राचार्य श्री बुद्धि मिजारले प्रमुख अतिथि तथा अतिथि र सम्पूर्ण उपस्थित व्यक्तित्वहरुलाई स्वागत गर्दै ग्रामीण क्षेत्रमा रहेको पृथ्वीनारायण माविलाई छनोट गरी यस विद्यालयमा रहेका संकटासन समुदायका बालबालिकालाई विद्यालयको पोषक वितरण गरिदिनु भएकोमा पाेखरा २ र ३ उपशाखालाई धन्यवाद व्यक्त गर्दै आफ्नो विद्यालयमा रेडक्रस अभियान सञ्चालन गर्न  रेडक्रस अभिमुखीकरण कार्यक्रम समेत जोडिदिनुभएकोमा कास्की शाखालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रम उपशाखा सदस्य साेममाया राईले रेडकसका आधारभूत सिद्धान्त व्यक्त गर्नुभएको कार्यक्रममा ब्यानर पढेर साथै ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो। उद्घाटन सत्रमा वडा सदस्य गायत्री भण्डारी , विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमबहादुर गुरुङ , जुनियर रेडक्रस  सर्कलका अध्यक्ष नवीन गुरुङ , सर्कलका शिक्षक नायक सञ्जय प्रसाद बराल, नेरेसाे धिताल उपसाखाका सचिव र नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाका सदस्य खगेन्द्रराज पराजुलीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो शुभकामना मन्तव्यको अवसरमा रेडक्रस  अभियान  ग्रामीण भूभागमा रहेका विद्यालयका बालबालिकालाई लक्षित गरी आयोजना गर्नुभएकोमा अत्यन्तै प्रभावकारी भएको साथै यसै विद्यालयलाई छनोट गरि सहयोग गरिदिनुभएकोमा खुसी व्यक्त गर्नुभएको थियो।

उद्घाटन सत्रमा प्रमुख अतिथिको मन्तव्य राख्दै शाखाका सभापति उर्मिला खड्का भण्डारीले विशेषगरी रेडक्रस अभियान संकटासन्नतामा परेका समुदायमा नजिक रहेर विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको कुरा व्यक्त गर्नुभएको थियो।  विद्यालयहरूमा जुनियर रेडक्रस सर्कल मार्फत रेडक्रस अभियानका गतिविधिहरु सञ्चालन गरिएको व्यहोरा समेत व्यक्त गर्दै ग्रामीण भूभाग र संकटासन्नतामा रहेका समुदायका  बालबालिकालाई लक्षित गरी पोखरा वडा नम्बर २ र ३ उपशाखाले  सहयाेग गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा रेडक्रसको अभियान, नेपाल रेडक्रस सोसाइटीको स्थापना र अवस्था, रेडक्रसमा जुनियर सर्कलको भूमिका, सर्कल गठन विधि साथै सर्कलमा उपसमिति गठनका विषयमा शाखाका प्रशिक्षक नवराज भण्डारीले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत ३० जना बालबालिकाहरूलाई  विद्यालयको पोषाक वितरण गरिएको थियो।  

नेरेसो पोखरा २/३ उपशाखाका सचिव गोविन्द पराजुलीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

You can download or view the whole press release from the link below

जुनियर रेडक्रस सर्कल अभियानसँगै धम्पुसमा विद्यालय पोषाक वितरण सम्पन्न

Download

Related News

logo

चित्रकला प्रतियोगिता सम्पन्न

मिति २०८२ साल पौष २५ गते, नेपाल रेडक्रस  सोसाइटी कास्कीकाे आयोजना तथा जुनियर रेडक्रस सर्कल महेन्द्र मावि पाेखरा २० भलामको व्यवस्थापनमा कास्की जिल्लाका जुनियर सर्कलहरू बीच खुल्ला चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी कास्कीको वार्षिक कार्यक्रम अन्तर्गत जुनियर रेडक्रस सर्कलका...

Read More
logo

नेपाल रेडक्रस सोसाइटी कास्की ४० औं वार्षिक साधारण सभा

मुख्य उपलब्धिहरू प्रकोप व्यवस्थापन: प्राकृतिक प्रकोपहरूको राहत प्रयास र तयारी तालिम मार्फत प्रतिक्रिया क्षमता सुधार। स्वास्थ्य कार्यक्रमहरू: रक्तदान कार्यक्रम, खोप अभियान, र बाह्य स्वास्थ्य सेवाहरूको सफल सञ्चालन। सामुदायिक विकास: सामाजिक रूपमा पिछडिएका समुदायमा जीविकोपार्जनका अवसरहरू र सामाजिक एक...

Read More