एक घर एक धारा कास्की रेडक्रसको साहारा

man-donating-blood

पर्वत जिल्लाको तिलाहारमा दीर्घकालीन खानेपानी समस्या समाधान गर्ने उद्देश्यसहित युनिका फाउन्डेसन दि नेदरल्यान्ड र मोदी गाउँपालिका पर्वतको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कास्कीको पहलमा सञ्चालन गरिएको खानेपानी आयोजना सम्पन्न भएको छ। ‘एक घर, एक धारा’ अभियानअन्तर्गत करिब ९ करोड ३६ लाख रुपैयाँको लागतमा १८ महिनाभित्र आयोजना पूरा गरिएको हो।

आयोजनाबाट तिलाहार क्षेत्रका करिब ५६७ घरधुरीका ४ हजारभन्दा बढी स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन्। यसअघि खोल्सा तथा अस्थायी मुहानको पानी प्रयोग गर्न बाध्य स्थानीयले अब घरघरमै सुरक्षित र स्वच्छ खानेपानी पाउने भएका छन्। आयोजनाअन्तर्गत मुहान संरक्षण, ट्यांकी निर्माण, पाइपलाइन विस्तार तथा घरघरमा धारा जडान गरिएको छ।

समापन कार्यक्रममा बोल्दै वक्ताहरूले सुरक्षित खानेपानी मानव जीवनका लागि अत्यावश्यक भएको उल्लेख गर्दै यसले स्वास्थ्य सुधार, समयको बचत तथा जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताए। स्थानीय सरकार, समुदाय र विभिन्न सहयोगी निकायको सहकार्यमा आयोजना सफल भएको जनाइएको छ।

यस आयोजनाले तिलाहार क्षेत्रमा देखिँदै आएको पानीको अभाव अन्त्य गर्दै दीर्घकालीन समाधान प्रदान गर्ने विश्वास लिइएको छ। स्थानीयले अब सहज रूपमा शुद्ध पानी प्रयोग गर्न पाउने भएपछि स्वास्थ्य जोखिम कम हुनुका साथै दैनिकी पनि सहज हुने अपेक्षा नेपालको सोसाइटी कास्कीले राखेको छ। 

You can download or view the whole press release from the link below

एक घर एक धारा कास्की रेडक्रसको साहारा

Download

Related News

logo

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई वडा समिति द्वारा फर्निचर सहयोग

पोखरा, ५ फागुन – नेपाल रेडक्रस सोसाइटी कास्कीको रक्तसञ्चार केन्द्रका लागि पोखरा वडा नम्बर ५ वडा समितिले फर्निचर सामग्री प्रदान गरेको छ। जिल्ला सभापति डण्डाराज पौडेलले सहयोग प्रति धन्यवाद व्यक्त गर्दै यसलाई महत्वपूर्ण योगदान भएको बताउनुभयो। वडा अध्यक्ष विष्णुप्रसाद बरालले रेडक्रसजस्तो पवित्र मानवीय...

Read More
logo

रेडक्रस दिवसको पूर्व सन्दर्भमा कास्कीमा रेडक्रस इन्डक्सन तथा कार्यालय व्यवस्थापन तालिम सम्पन्न

मिति २०८२ वैशाख २० ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजनामा विश्व रेडक्रस दिवस( मे ८ ) को पूर्व अवसरमा रेडक्रस इन्डक्सन तथा कार्यालय व्यवस्थापन तालिम सम्पन्न भयो। कार्यक्रममा कास्कीका  ४५ वटा उपशाखाहरूक सभापति तथा सचिव, जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरू, कास्की शाखाका कर्मचार...

Read More