मिति २०८२ मङ्सिर १ गते सोमबारका दिन पोखरा महानगरपालिका वडा नम्बर ३२ अवस्थित खोदीखोला एक नम्बर धुर्मुस चोकमा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको आह्वानमा नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखाको व्यवस्थापनमा डेङ्गु रोग र सङ्क्रमण सम्बन्धी सचेतनात्मक तथा खोज र नष्ट गर कार्यक्रम सम्पन्न भएको छ ।
ब्रिटिस रेडक्रस तथा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी,कास्कीद्वारा सञ्चालित डेङ्गी संक्रमण तथा रोकथाम कार्यक्रम अन्तर्गत कास्की जिल्लामा विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्। बर्षाको समय देखि डेङ्गी रोग संक्रमणबाट बचाउनको निम्ति सामुदायिक गतिविधिहरू सञ्चालन भइरहेका छन् । कास्की जिल्लाभित्रका विद्यालयहरूमा अभिमुखीकरण संकटासन समुदायका टोलटोलमा खोज र नष्ट गर अभियान मार्फत समुदायमा सचेतना दिलाउनु र डेङ्गी संक्रमण रोक्नुनै यस कार्यक्रमको मुख्य उद्देश्य रहेको छ।
सहरी तथा ग्रामीण भूभागका समुदायकै व्यक्तिहरूकाे सहभागितामा डेङ्गीका फुल, लार्भा नष्ट गर्ने अभियान तीव्रताका साथ अगाडि बढाइएको छ। विशेषगरी १५ डिग्री सेन्टिग्रेडदेखि ३५ डिग्री सेन्टिग्रेडमा डेङ्गी फैलाउन सक्ने लामखुट्टेहरू सक्रिय हुने भएको कारण चिसो बढ्दै गएपनि यसको सङ्ख्या बढिरहेको छ।
नेपाल रेडक्रस सोसाइटी पोखरा ३२ उपशाखाका सभापति बिन्दुराज तिवारीको सभापतित्वमा तथा नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे । प्रमुख अतिथिको मन्तव्यमा भण्डारीले समुदायको सहभागितामा नै डेङ्गी संक्रमण रोकथाममा महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै सबैजना आफ्नो घरदेखिबाटै खोज र नष्ट गर अभियान तीव्रत रुपमा अगाडि बढाउनुपर्ने कुरा व्यक्त गर्नुभएको थियो। खाल्टाखुल्टीमा पानी जम्मा हुनु अव्यवस्थित फोहोर तथा प्लास्टिक र सिसाजन्य बोतल एवम् विर्कोहरूमा पानी जम्मा भई लामखुट्टेहरूले बासस्थान वृद्धि गर्न सहयोग पुग्नुखालका गतिविधि भएका साथै जलवायु परिवर्तनका कारण तापमानमा वृद्धि भएको जसले एडिजातका लामखुट्टेहरूको जीवन चक्र प्रतिकूल वातावरण भएको कारण सङ्ख्या वृद्धि भएको छ। यसैको वृद्धिलाई रोक्न समुदायमा अभिमुखीकरणसँगै खोज र नष्ट गर अभियानलाई अगाडि बढाउनु पर्ने विषयमा प्रशिक्षक सुनिता पौडेलले सहजीकरण गर्नुभएको थियो । पाैडेलले डेङ्गु संक्रमणका कारण यसको जोखिम यसबाट बच्ने उपयाहरू लक्षणहरूका बारेमा थप सहजीकरण गर्नुभएको थियो। नेपाल रेडक्रस सोसाइटीका गतिविधि रेडक्रस अभियानका वारेमा चर्चासँगै समुदायमा रेडकसले गरेका गरेका गतिविधि संकटासँग समुदायमा रेडकसको प्रभावका बारेमा प्रशिक्षक नवराज भण्डारीले सहजीकरण गर्नुभएको थियो। खोजे र नष्ट गर अभियानका स्वयंसेवक रुपा केसी, उपशाखा कार्यसमिति पदाधिकारी एवं सदस्यज्यूहरू साथै रेडक्रसका आजीवन सदस्य एवं समाजसेवी अर्जुन मल्ल लगाएतले डेङ्गी रोगबाट बस्न सरसफाईमा जोड दिनुपर्ने कुरामा जोड दिनुभएको थियो साथै कार्यक्रम सफल बनाइदिन सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक आभार एवं नमन प्रकट गर्नु भएकाे थियाे ।
अभिमुखीकरण कार्यक्रममा ८५ जनाको सहभागिता रहेको थियो। कार्यक्रम सम्पन्नपछि खोज र नष्ट गर अभियान सञ्चालन गरिएको थियो। खोज र नष्ट गर्ने क्रममा भेटिएका लार्भा तथा प्युपालाई समुदायकै सदस्यहरूको सहभागितामा नष्ट समेत गरिएको थियो।
उक्त कार्यक्रमको स्वागत मन्तव्य उपशाखाका उपसभापति बिमला थापा र रेडक्रसका साथ सिद्धान्त उपशाखाका सदस्य देवी तिवारीले व्यक्त गर्नुभएको कार्यक्रम सञ्चालन उपशाखाका सचिव विष्णुबहादुर बस्नेत ले गर्नुभएको थियो।
सचेतनामूलक कार्यक्रममा समुदायको सहभागिता ।
Download